+
+
Shares

पार्टीको वैधानिकता जोगाउन भए पनि तोकिएकै मितिमा महाधिवेशन गरौं : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १९:५२
फाइल तस्वीर

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न कटिवद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकतामाथि प्रश्न चिन्ह खडा हुने भन्दै नेता पौडेलले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न पार्टी पंक्तिसँग अनुरोध गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’को विमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाउन पार्टीको केन्द्रीय कार्य समितिको निर्वाचन र प्रदेश समितिको मात्रै निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव समेत अघि सारे ।

पार्टीको वैधानिकतालाई जोगाउन यसै गरेर अघि बढ्नु बाध्यकारी अवस्था रहेको नेता पौडेलको तर्क थियो ।

‘ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने रिस्क मोल्न हामी तयार छैनौं । पार्टीको वैधानिकतालाई जोगाउनका लागि केन्द्रीय समितिको निर्वाचन र प्रदेश समितिको निर्वाचन गराऔं । यसका लागि तत्काल यो क्रियाशील सदस्यता टुंगो लगाऔं । महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनुपर्‍यो,’ उनले भने, ‘यसो गरेर भए पनि हाम्रो पार्टीको वैधानिकता बचाउनका लागि कटिवद्ध भएर लाग्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्दछु ।’

वरिष्ठ नेता पौडेलले शुक्रबार बिहान बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र आफूले समेत तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेर जानुपर्नेमा जोड दिएको पनि स्मरण गराए । त्यसका लागि केन्द्रीय कार्य समिति र प्रदेश निर्वाचन समितिको मात्रै निर्वाचन गरेर महाधिवेशन सम्पन्न गर्न सकिने उनको प्रस्ताव छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?