Comments Add Comment

रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

७ साउन, चितवन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालबीचमा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रष्ठिानका तर्फबाट उपकुलपति डा. विश्वराज जोशी र रेक्टर डा. सतिश देव तथा अस्पतालका तर्फबाट अध्यक्ष गोपाल कर्माचार्य र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले शुक्रबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रदेश सरकार मातहतमा रहेको ५० बेड क्षमताको अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममै प्रदेश मातहतका अस्पतालमा प्रतिष्ठानमार्फत स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै लैजाने उल्लेख छ ।

मेसु डा. बगालेका अनुसार अर्को वर्षबाटै एमडीजीपीका कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने दुई वर्षमा बीएन, बीएसी नर्सिङ, बीएमएलटी कार्यक्रम चलाउन सक्नेछ ।

‘हामी २÷३ महिनामै १०० बेड क्षमताका जान्छौं, सबै तयारी पूरा भएको छ,’ मेसु डा. बगालेले भने, ‘अस्पतालमा केही महिनामै आईसीयू, पीआईसीयू र एनआईसीयू सञ्चालनमा आउँदैछ । १० बेडको आईसीयू, ५ बेडको एनआईसीयू, १० बेडको पोष्टअप, २ वटा मोडुलर अप्रेशन कक्ष, केही क्याबिन र प्रसूति कक्ष थप्ने काम जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment