+
+
Shares

गठबन्धन भत्काउने प्रयास भैरहेकै छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ९ गते १०:२५
फाइल तस्वीर

९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका छन् । संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्‍यौं । अहिले पनि भत्काउने प्रयास भैरहेको छ । एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’

संसद विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको प्रचण्डको टिप्पणी छ ।

संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए । ‘ठूलै लडाइँ जितियो । संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो तर धेरै ठूला चुनौती छन् । बुद्धिमत्तताका साथ सामना गर्नुपर्छ । सजिलो छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?