+
+

कैलालीमा छाडा चौपायाको घाँटीमा स्टीकर

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ९ गते १८:४७

९ साउन, धनगढी । कैलालीमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले छाडा पशुमा ‘रिफ्लेक्टिब स्टीकर’ लगाउन थालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोहना पुल–अत्तरिया ६ लेन सडक खण्ड र मुख्य बजार क्षेत्रका पशु चौपायालाई ‘रिफ्लेक्टिब स्टीकर’ अर्थात रातिमा टल्किने स्टीकर लगाउन शुरु गरेको हो ।

छाडा पशुचौपायाका कारण रातिको समयमा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले टल्किने स्टीकर लगाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले जानकारी दिए ।

‘रातिको समयमा पशुचौपाया स्पष्ट रुपमा नदेखिदा दुर्घटना हुने क्रम बृद्धि भएको छ,’ उनले भने, ‘यो स्टीकर लाइट पर्दा टाढैबाट टल्किने हुँदा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ भन्ने हाम्रो विश्वास हो ।’

ट्राफिक प्रहरीको कार्यक्रमलाई कैलाली यातायात प्रालिले समेत सहयोग गरेको छ । कैलाली र कञ्चनपुमा छाडा पशुचौपाया व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीको विषय बनेको छ ।

कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म राजमार्ग क्षेत्रमा छाडिएका पशुचौपायाका दुर्घटनाको कारक बन्न थालेका छन् । तर राजमार्ग क्षेत्रका स्थानीय तहहरु पशुचौपायाको व्यवस्थापनमा गम्भीर बनेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?