Comments Add Comment

राजकिशोरले महन्थलाई भने : अर्को पार्टी बनाउन साथ दिन सक्दिनँ

९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले अध्यक्ष महन्थ ठाकुुरलाई नयाँ पार्टी बनाउन खोजे आफूले साथ दिन नसक्ने बताएका छन् ।

जसपाको आधिकारिकता विवादमा सुनुवाइ गरिरहेको निर्वाचन आयोगले ११ साउनमा ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ । त्यसअघि ठाकुर र उपेन्द्र यादव पक्षले शनिबार छुट्टा–छुट्टै बैठक राखेको थियो ।

सांसद तथा कार्यकारिणी समितिका सदस्य यादव दुवै पक्षको बैठकमा सहभागी भए  ।

अध्यक्ष उपेन्द्र यादवले बोलाएर बालकुमारी पुगेका उनले कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राखेका थिए । ३० वैशाखयता महन्थ ठाकुर पक्षले बोलाएको बैठकमा नगएको र अहिले पनि पार्टी एकताको पक्षमा रहेको यादवले बताए । शनिबार भने ठाकुर पक्षको बैठकमा जाने र जसपाको पक्षमा उभिने धारणा राखेर आउने बताएको एक नेताले जानकारी दिए ।

यादव ठाकुर पक्षको बैठकमा पनि सहभागी भए । उनले अध्यक्ष ठाकुरलाई आफू एकताको पक्षमा रहेको र नयाँ पार्टी गठन गर्न खोजे साथ दिन नसक्ने बताएका छन् ।

जवाफमा ठाकुरले भने आफूहरुले पनि फुट नचाहेको, तर अहिले एकताको वातावरण नभएको बताए ।

जसपा संसदीय दल र कार्यकारिणी समिति दुवैमा यादव पक्षको बहुमत छ । यादव पक्षको शनिबारको बैठकमा राजकिशोर बाहेक ३२ जना उपस्थित थिए । यही अवस्था कायम रह्यो भने यादव पक्षले आधिकारिकता पाउनेछ ।

कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन नसके ठाकुर पक्ष थप संकटमा पर्नेछ । नयाँ दल दर्ता गरेमा यो पक्षका सांसदहरुको पद समेत जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment