Comments Add Comment

पल र मलिकालाई प्रश्न–‘नयाँ गीतमा काम नगर्ने ?’

नायक पल शाह र नायिका मलिका महतको जोडीलाई म्यूजिक भिडियोमा दर्शकले खुबै रुचाएका छन् । उनीहरु अभिनित तिन वटा गीतले युटुबमा करोड बढी भ्यूज पाएका छन् । ‘फुलबुट्टे सारी’ बोलको गीतको फिमेल भर्सनमा एकसाथ काम गरेपछि पल र मलिकाको जोडी सफल भएको हो । यसपछि, यी दुइले ‘टाढा भएपनि, आँखैमा आउने सपनी, तिम्रो मनमा ए कान्छा’ बोलको गीतमा काम गरिसकेका छन् । तर, यी चारै गीत नयाँ भने होइनन् ।

४ जना गायकको स्वरमा हिट भैसकेको यो गीतलाई केन्द्र मोशन पिक्चर्सले फिमेल भर्सनमा तयार पारेको हो । फिमेल भर्सनलाई पनि दर्शकले मेल भर्सन जस्तै रुचाए । आलोचना गर्नेहरुले पल र मलिकाले हिट भैसकेको गीतमा काम गरेर चर्चा पाएको भन्दै आलोचना पनि गर्छन् । तर, नायक पल शाह यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्–‘हामीले काम गरेका बाहेक अन्य केही गीतको पनि विभिन्न भर्सनहरु सार्वजनिक भएका छन् । तर, सबै गीतलाई दर्शकले मन पराउनु भएको छैन । सायद, हाम्रो जोडीमा दर्शकले केही देखेर नै माया गरिदिनुभएको होला ।’

पल र मलिकालाई नयाँ गीतमा काम नगर्ने हो र भन्ने प्रश्न पनि सोझिन थालेको छ । यो बिषयमा पल भन्छन्–‘हामी नयाँ गीतमा पनि काम गर्दैछौ । केन्द्र मोशन पिक्चर्सले नै तयार पारेका नयाँ गीतमा तपाइहरुले हाम्रो जोडीलाई देख्न सक्नुहुनेछ ।’

नायिका मलिका महत्त पल र आफ्नो केमेष्ट्री मिलेका कारण पनि दर्शकले मन पराएको हुन सक्ने बताउँछिन् । पल र मलिकाले चाडै नै चलचित्रमा पनि कामन गर्न लागेको खबर सार्वजनिक भैरहेका छन् । मलिका भन्छिन्–‘हामी दुइले एकसाथ चलचित्रमा काम गर्ने बिषयमा कुराकानी भैरहेका छन् । तर, कुनै पनि चलचित्र हामीले साइन भने गरिसकेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment