Comments Add Comment

नबिल बैंकको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन

१० साउन, काठमाडौं । नबिल बैंकले आजदेखि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएको बैंकले जनाएको छ । ऋणपत्रमा लगानी गर्दा वाषिर्क ८ प्रतिशत ब्याजद पाईनेछ ।

निजी क्षेत्रबाट सञ्चालित बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । ऋणपत्रमा छिटोमा साउन १३ गतेसम्म र सो अवधिमा सबै इकाई ऋणपत्र बिक्री नभएमा ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन सकिन्छ ।

ऋणपत्रमा लगानी गर्न मेरो सेयर सफ्टवेयर तथा मोबाइल एप, नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सी आस्बाको माध्यमबाट आवेदन दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment