+
+
Shares

किसान लघुवित्त वित्तिय संस्थाले एफपीओ जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १३:१८

१० साउन, काठमाडौं । किसान लघुवित्त वित्तिय संस्थाले एफपीओ जारी गर्ने भएको छ । प्रतिकित्ता १२५ रुपैयाँ अंकित दरमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले संस्थापक साधारण सेयर अनुपात कायम गर्न १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्न लागेको जनाएको छ । संस्थाले प्रतिसेयर २५ रुपैयाँ प्रिमियम थपेर १२५ रुपैयाँको दरले १२ लाख ८९ हजार २५९ कित्ताका लागि १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको बिक्री अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता १७३२ रुपैयाँ किनबेच भइरहेको छ । संस्थामा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?