+
+
Shares

टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक भिडियो बनाएको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १५:५५

१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए ।

‘सम्माननीयज्यूको आपत्तिजनक भिडियो बनाउनेको खोजी गरिरहेका थियौं, झापामा लोकेशन देखिएपछि पक्राउ गरेर पठाउन भनेका थियौं’ उनले भने, ‘त्यही आधारमा काठमाडौं ल्याएर अनुसन्धानका लागि ७ दिन म्याद थप गरेका छौं ।’

घिमिरेविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसूरमा छानविन हुने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?