+
+

महन्थ ठाकुरको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १७:१५

१० साउन, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । तर जसपाका दुई अध्यक्षमध्ये एक महन्थ ठाकुरले निर्वाचन आयोगले ‘हेड काउन्ट’ का आधारमा गर्न लागेको आधिकारिकता विवाद निरुपण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

तर सर्वोच्चले कार्यकारिणी समितिको सनाखतको आधारमा विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार गरेको हो ।

‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुल्ला इजलासमा बहस पैरवी छलफलसमेत गराई गरेको निर्णयलाई रिट निवेदकको माग बमोजिम तत्काल अन्तरिम आदेशबाट कार्यान्वयन हुन रोक्नका लागि निर्णयकर्ता र विवादको अर्को पक्षसमेतलाई छलफलमा राखी उक्त निर्णयमा apparent error of law छ वा छैन ? रिट निवेदकलाई उक्त निणएयले अपुरणीय क्षति पुगेको छ छैन भन्ने सम्बन्धमा निर्णय हुनु संवैधानिक मर्यादासमेतको दृष्टिकोणले उपयुक्त हुने देखिएको’ भन्दै सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

हेर्नुहोस् आदेश

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?