+
+
Shares

उपेन्द्र र महन्थले निर्वाचन आयोगमा दिए पार्टीको विवरण अद्यावधिक गर्न निवेदन

जनता समाजवादी पार्टी (नेपाल)ले पार्टीको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टी (नेपाल)ले निर्वाचन आयोगमा पार्टी विवरण अद्यावधिकका लागि निवेदन दिएको छ।
  • लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी एक भएर जसपा नेपाल बनेको छ।
  • नवगठित पार्टीको संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव रहेका छन् र लोसपाले समानुपातिक उम्मेदवारी फिर्ता लिएको छ।

३० पुस, काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)ले पार्टीको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी एक भएका छन् । त्यसपछि जसपाले विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले निवेदन प्राप्त भएको जानकारी दिएको छ ।

गत आइतबार मात्रै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच एकीकरण सम्झौता भएको थियो । एकीकरणपछि पार्टीको नाम जसपा नेपाल नै राखिएको छ । पार्टीको चुनाव चिह्न छाता राखिएको छ ।

नवगठित पार्टीको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।

दुई पार्टी एक भएपछि लोसपाले समानुपातिकतर्फ दिएको उम्मेदवारी फिर्ता लिएको छ । लोसपाका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन लगाएर जसपाको समानुपातिक सूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?