News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार निर्वाचन गराउन असक्षम रहेको बताएका छन्।
- उपेन्द्र यादवले तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्ने र संविधान पुनर्लेखन नभएसम्म संघर्षमै रहने बताए।
- उनीहरूले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरी महिला, दलित र अल्पसंख्यकका लागि आरक्षित निर्वाचन क्षेत्र व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्।
१४ पुस, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार निर्वाचन गराउन असक्षम रहेको बताएका छन् ।
सोमबार पार्टीले जनकपुरमा आयोजना गरेको जनप्रदर्शन तथा विरोध सभामा अध्यक्ष यादवले जसपा नेपाल हरेक किसिमले निर्वाचनमा जान तयार रहेको तर सरकार निर्वाचन गराउन असक्षम रहेको बताएका हुन् ।
मधेश आठ जिल्ला मात्र नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको उल्लेख गर्दै उनले तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए । संविधान पुनर्लेखन नभएसम्म जसपा नेपाल संघर्षमै रहने उनको भनाइ छ ।
त्यस्तै उनले चरम निराशा भएपछि युवाहरू विद्रोहमा उत्रिएको भन्दै जेनजी आन्दोलनपछि बनेको सरकारले पनि अहिले युवाहरूलाई झुक्काउने प्रयास गरेको बताए ।
उनले हालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले आम नागरिकले पनि चुनाव लड्न सक्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने धारणा राखे ।
महिला, दलित र अल्पसंख्यक समुदाय निर्वाचन लड्न नसक्ने अवस्थामा पुगेकाले उनीहरूका लागि आरक्षित निर्वाचन क्षेत्र व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए ।
प्रतिक्रिया 4