Comments Add Comment

गुल्मीमा २० गतेसम्म निषेधाज्ञा थप

११ साउन, गुल्मी । गुल्मीमा यही साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्ऽको बैठकले साउन २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म संचालन गर्न पाउने भएका छन् ।

सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी छोटो दुरीका यातयात सञ्चालन गर्न पाउने भएका छन् । निजी यातायात पनि सञ्चालन हुन पाउने भएका छन् ।

तर निजी यातायातमा यात्रु बोक्न भने प्रतिबन्ध गरिएको छ । जिल्लाभित्र निर्माण सामग्री, पुस्तक, कृषि जन्य पदार्थ बोक्ने जिप तथा ट्रक सुरक्षा मापदण्ड अपनाएर सन्चालन हुन पाउने भएका छन् ।

शैक्षिक संस्था वैकल्पिक विधिबाट संचालन गर्ने बताइएको छ । खाजा घर, रेष्टरेन्ट बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

बैंक तथा वित्तीय संस्था, सहकारी, बिमा कम्पनीहरु सञ्चालन गर्न पाउने भएका छन् । खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा वित्तीय संस्था फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल खोल्न पाइने भएको छ ।

जिल्लामा संचालित शैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल २४  घण्टा नै खुला रहनेछन् ।

जिल्लामा कोभिडको दोस्रो लहरबाट ३७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ९१ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा हालसम्म तीन हजार ९६० जना संक्रमित निको भएको कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाउनेको संख्या ४३ हजार २६१ जना रहेका छन् । त्यस्तै दोस्रो चरणको खोप लगाउने ९ हजार ८९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment