Comments Add Comment

ठाकुर पक्ष नेता सोनल भन्छन्– १५ गतेसम्म हेरौं, त्यसपछि अगाडिको बाटो तय गरौंला

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुले सर्वोच्च अदालतको १५ साउनको सुनुवाईसम्म पर्खिने बताएका छन् ।

जसपाको अधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यहरुको हेडकाउन्ट गर्ने निर्णय गरेको थियो, जसका लागि दुबै पक्ष आयोगमा पुगेको छ ।

सनाखतका लागि आयोग पुगेका ठाकुर पक्षका नेता जितेन्द्र सोनलले आयोगको निर्णय र सर्वोच्च अदालतले दिने फैसलाका आधारमा अगडि बढ्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतले १५ गते दुबै पक्षलाई बोलाएको छ । त्यहाँसम्म हेरौं, त्यसपछि अगाडिको बाटो तय गरौंला ।’

ठाकुर पक्ष हेड काउन्ट रोक्न माग गर्दै सर्वोच्च गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएन, तर अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल गर्न १५ गते दुबै पक्षलाई बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment