+
+
Shares

उपेन्द्र यादव भन्छन्- ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १२:२५

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताए ।

उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र लिएका गलत नीति सच्याएर, सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनेु भयो भने यो पार्टी हो पार्टीले विचार गर्छ ।’

असंवैधानिक प्रतिगमनकारी शक्तिलाई साथ दिएर ठाकुर पक्षले गलत गरेको भन्दै यादवले सो विषयमा सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने बताए ।

मौका दिनुपर्यो नि भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष यादवले भने, ‘मौका दिएकै हो, अध्यक्ष पनि बनाइदिएकै हो । अब कुन मौका बाँकी छर दिनलाई ?’ उनले ठाकुर पक्षका लागि गेटमा ताला नलगाएको प्रतिक्रिया दिए । ‘उहाँहरु पनि पार्टीकै पक्षमा रहनु हुन्छ भन्ने जानकारी पाएका छौं,’ यादवले भने ।

उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?