+
+

बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण, के हो कारण ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १९:०३

११ साउन, काठमाडौं । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् ।

धनगढीका लागि उडेको बुद्धको ९एन-एएमडी जहाज साँझ ६ बजे  विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयर स्रोतका अनुसार जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएका थिए ।

त्यसपछि जहाज विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । जहाजमा ६९ जना यात्रु सवार थिए । उनीहरुलाई आजै अर्को जहाजबाट धनगढी पठाइँदैछ ।

साथै साँझ ७ बजे बुद्धको अर्को एक जहाज पनि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि पाइलटले जहाज काठमाडौं नै फिर्ता गरेका हुन् । सो जहाज उनलाई काठमाडौं झारेर पुनः नेपालगन्ज उड्ने कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?