Comments Add Comment

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक पनि आन्दोलित

१२ साउन, सुर्खेत । नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मंगलबारदेखि अर्को चरणको आन्दोलन थालेको छ ।

विद्यार्थीहरुले एक सातादेखि आन्दोलन गर्दै आएको विश्वविद्यालयमा मंगलबारदेखि प्राध्यापकहरुसमेत उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । आफना माग पूरा नभएपछि संगठनले अर्को चरणको आन्दोलन थलेको प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङले बताए ।

संगठनले उपकुलपति सिंहले राजनीतिक पूर्वाग्रह तथा स्वेच्छाचारी रुपमा विश्वविद्यालयलाई सञ्चालन गर्न खोजेको आरोप समेत लगाएको छ । ‘उपकुलपतिज्यूले विश्वविद्यालयलाई स्वेच्छाचारी र हुकुमी शैलीमा चलाउन खोज्नुभयो, हाम्रा मागप्रति विश्वविद्यालय प्रशासन अझै मौन छ,’ उनले भने, ‘जसले गर्दा आजदेखि अर्को चरणको आन्दोलन शुरु गरेका छौं ।’

संगठनले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई गालीगलौज गर्ने, मानहानीको भाषा प्रयोग गर्ने तथा अमानवीय व्यवहार गर्ने गरेको र विश्वविद्यालयलाई आफन्तको भर्ती केन्द्र बनाएको आरोप समेत लगाएको छ ।

उपकुलपति सिंहले फरक आस्थाका कर्मचारी र शिक्षकलाई कारबाही गर्ने तथा आफ्ना नजिककालाई अपराध नै गरे पनि संरक्षण गर्दै आएको अध्यक्ष सिंहको आरोप छ । संगठन विभिन्न १५ बुँदे माग सहित विगत तीन महिनादेखि आन्दोलित छ ।

अर्को चरणको आन्दोलन अन्तर्गत निकट भविष्यमा हुने विश्वविद्यालयका कार्यक्रम बहिष्कार गर्ने, १२ गते आजदेखि दैनिक दुई घण्टाको दरले केन्द्रीय क्याम्पसको गेटमा भण्डाफोर कार्यक्रम गर्ने, विश्वविद्यालयको केन्द्रीय क्याम्पसदेखि केन्द्रीय कार्यालय र विस्तारित कार्यालयसम्म प्लेकार्डका साथ र्‍याली गरिने बताइएको छ ।

संगठनले आफ्ना माग सम्बोधन नगरेको खण्डमा क्रमशः रिले र आमरण अनसन गर्ने समेत चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment