+
+
Shares

ट्राफिक पुलिसको घरमा भेटियो सुनको ट्वाइलेट !

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १४:४७

१३ साउन, काठमाडौं । रुसी अधिकारीहरुले सयौँ हजार डलरको घुसकाण्डको पर्दाफास गरेका छन् । उक्त काण्डमा कैयन् ट्राफिक प्रहरीहरु संलग्न रहेका छन् ।

तर ट्राफिक पुलिसका प्रमुखको घरमा रहेको शौचालयले सबैको ध्यान तान्यो । किनकी ट्राफिक प्रहरी प्रमुखको घरमा रहेको उक्त ट्वाइलेट सुनबाट बनेको थियो ।

द मस्को टाइम्सका अनुसार ती पुलिस अधिकारी अलेक्सी सफोनोभलाई हिरासतमा लिइएको छ । दोषी प्रमाणित भएमा उनलाई १५ वर्षसम्मको जेल सजायँ हुने बताइएको छ ।

छानबिन समितिले सफोनोभको भव्य निवासको भिडियो सार्वजनिक गरेको छ । जहाँ घरभित्रको सुनको ट्वाइलेट देखि घरबाहिर पार्किंग गरिएका लक्जरी कारहरु देखिन्छन् ।

उनको घरमा रहेका फर्निचर, भित्ते आर्ट फ्रेम तथा सजावटका सामानहरुमा सुनको व्यापक प्रयोग गरी असाधारण बनाइएको छ । भान्साकोठाको दराज तथा अन्य फर्निचरमा पनि सुनको प्रयोग गरिएको छ ।

गत जुलाई २० मा अपलोड भएको ४९ सेकेण्डको युट्युब भिडियो एक लक्जरी रियल स्टेट विज्ञापन जस्तै देखिन्छ । अहिलेसम्म उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।

सफोनोभ उनका अन्य ६ सहकर्मी ट्राफिक पुलिसहरुमाथि अवैध रुपमा ठूला सवारी साधन सञ्चालनका लागि व्यवसायीहरुलाई नक्कली अनुमति प्रदान गर्ने र त्यसबापत वार्षिक १ करोड ९० लाख रुसी रुबल घुस लिने गरेको अभियोग छ । उक्त घोटालामा स्टाभरोपोल ट्राफिक पुलिस विभागका कम्तिमा ३५ सदस्य सामेल छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?