Comments Add Comment

अमेरिकी वैज्ञानिक भन्छन्-चीनले आणविक क्षमता बढाउँदैछ

Photo Credit : REUTERS

१४ साउन, काठमाडौं । अमेरिकी वैज्ञानिकहरुले चीनले न्युक्लियर मिसाइल राख्ने र प्रक्षेपण गर्ने क्षमता विस्तार गरिरहेको बताएका छन् । स्याटेलाइट तस्वीरमा देखिएअनुसार चीनले सिन्चियाङ प्रान्तमा अर्को सिलो फिल्ड बनाइरहेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट (एफएएस)ले बताएको छ । सिलो फिल्ड न्युक्लियर मिसाइल राख्न र प्रक्षेपणका लागि बनाइने अन्डरग्राउण्ड केन्द्र हो ।

अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले चीनको न्युक्लियर क्षमता विस्तार गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गत महिना वासिङटन पोस्टले गान्सु प्रान्तको युमेनस्थित मरुभूमि क्षेत्रमा १२० सिलो फिल्डहरु देखिएको समाचार प्रकाशित गरेको थियो । सोमबार सार्वजनिक गरिएको रिपोर्टमा अहिले देखिएको सिलो फिल्ड विकासको सुरुआती चरणमा रहेको उल्लेख छ । सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो आणविक हतियार दोब्बर बनाउने तयारी गरिरहेको बताएको थियो ।

अमेरिका र रुसबीच हतियार नियन्त्रणको लागि वार्ता हुन गइरहेको समयमा चीनको न्युक्लियर हतियारबारे यस्तो रिपोर्ट सार्वजनिक भएको हो । अहिलेसम्म चीनले कुनै पनि हतियार नियन्त्रणसम्बन्धी वार्तामा सहभागिता जनाएको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment