Comments Add Comment

जसपाका ३ सांसद निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभामा

१४ साउन, बुटवल । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सदस्यलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् ।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले उल्लेख गरेका छन् ।

पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन् । उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण कारबाही नगरिएको यादवले बताएका छन् ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment