Comments Add Comment

बागमती सरकारले थाल्यो ऐतिहासिक चुरियामाई सुरुङको पुनर्निर्माण

१४, साउन हेटौंडा । मकवानपुरको चुरियामाईमा निर्माण भएको मुलुकको पहिलो सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले पुननिर्माण गर्ने भएको छ ।

पूर्वपश्चिम राजमार्गको मकवानपुर र बाराको सिमाना हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको सुरुङमार्गको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गरेका छन् ।

१०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको सुरुङमार्गको पुनर्निर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँ लागतमा पुनर्निर्माण गर्न लागेको हो ।

यो सुरुङ मार्गबाट २०२० सालसम्म सवारी साधन आउजाउ हुने गरेको स्थानीय वासिन्दा बताउँछन् । भूगोलविद् टोनी हेगनले आफ्नो आत्मकथामा यो सुरुङलाई ‘विश्वको आठौँ आश्चर्य’का रुपमा समेत उल्लेख गरेका छन् ।

निर्देशनालयका निमित्त निर्देशक डा. सहदेवबहादुर भण्डारीका अनुसार निर्माण सम्झौता अनुसार पुनर्निर्माणको काम २०७९ वैशाखसम्म सम्पन हुनेछ । प्रदेश २ बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग १९७५ सालमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो ।

यो सुरुङ मार्गबाट २०२० सालसम्म सवारी साधन आउजाउ हुने गरेको स्थानीय वासिन्दा बताउँछन् । भूगोलविद् टोनी हेगनले आफ्नो आत्मकथामा यो सुरुङलाई ‘विश्वको आठौँ आश्चर्य’का रुपमा समेत उल्लेख गरेका छन् ।

चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनियर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लामो थियो । हाल पहिरोले एकापट्टीको भाग पुरिएपछि सुरुङमार्ग २८० मिटरमात्र बाँकी रहेको छ ।

इञ्जिनियर थापाले डिजाइन र निर्माण गराएको सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । चुरियाको उकालोमा सवारी आवत जावतका लागि असहज भएपछि सुरुङको निर्माण गरिएको बताइएको छ । इञ्जिनियर थापाले ऐनाबाट फर्काएको प्रकाशको आधारमा सुरुङ निर्माण गरेको बताइएको छ ।

अध्ययनको थलो बनाउँछौं : मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको चुरियामाई सुरुङले इतिहासलाई बचाउने मात्र नभइकन पर्यटन प्रवद्र्धनको कामसंगै अध्ययनको विषय पनि बनाउने बताएका छन् । उनले सुरुङमार्ग पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै पर्यटकीय क्षेत्रको विकास र अध्ययनको थलो बनाइने बताए ।

धेरै वर्षअघि यही सुरुङबाट गाडीमा यात्रा गरेको स्मरण गर्दै उनले प्रदेश सरकार सुरुङ मार्गको विकासको पक्षमा रहेको बताए । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले सुरुङको पुनर्निर्माण गुणस्तरीय र सुन्दरताका साथ निर्माण गरिने दाबी गरेका छन् ।

प्रदेशलाई नै हरित बागमती प्रदेश बनाउने अभियानमा लागेको बताउँदै उनले सडक निर्माण र पुल निर्माणको कामले तीव्रता पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment