Comments Add Comment

चिकित्सा शिक्षा आयोगले स्नातक प्रवेश परीक्षाको नतिजा यो साता सार्वजनिक गर्ने

१४ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा आगामी साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगले पहिलो पटक लिएको चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका आज साँझसम्म आयोगमा संकलन भइसक्ने र भोलिदेखि परीक्षणको काम शुरु गर्ने तयारी रहेको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।

उनले भने ‘आजसम्म उत्तरपुस्तिका संकलन भईसक्छ । भोलिदेखि परीक्षणको काम शुरु हुन्छ । आगामी साताभित्र नतिजा सार्वजनिक गर्न सक्छौं ।’

आयोगले साउन ९ देखि १३ गतेसम्म उपत्यकामा २८, धरानमा ६, चितवनमा ६, पोखरा र नेपालगञ्जमा दुई-दुई स्थानमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरेको थियो । एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ लगायत विषयको प्रवेश परीक्षा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment