+
+

भीमफेदी कारागारमा ३५५ कैदी बन्दीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते २१:०४

१४ साउन, काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो ।

केही कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो । संक्रमित १४ जनामा लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौं पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राममान थिङले जानकारी दिए ।

संक्रमित कैदीबन्दीलाई स्वास्थ सुरक्षाको मापदण्ड अनुसार आइसोलेसनमा राखेको जेलर नारायण पाण्डेले बताए । ‘संक्रमण देखिएकाहरुलाई प्रोटिनयुक्त खानेकुराको व्यवस्थापन गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?