+
+

सिटिजन्स बैंकको नाफा बढ्यो, प्रति सेयर आम्दानी कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते ९:०७

१५ साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफामा वृद्धि भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ दशमलव ४० प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरण योग्य मूनाफा पनि धेरै बढेको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ८२ करोड ४० लाख रुपैयाँ वितरण योग्य मूनाफा रहेकोमा गत असार मसान्तसम्म ९१ दशमलव ५७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ८५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी (ईपीएस) पनि १ रुपैयाँ ५० पैसाले बढेर १५.३८ रुपैयाँ पुगेको छ । पीई रेसियो १४.५५ बाट २५.१ पुगेको छ भने नेटवर्थ पस सेयर १४८.४९ पुगेको छ ।

बैंकको निस्कृय कर्जा भने बढेको छ । समीक्षा अवधिमा निस्कृय कजौ अनुपात बढेर २.७७ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको निक्षेप ५८.९२ प्रतिशतले बढेको छ भने कजौ ५०.१३ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?