+
+

माओवादी केन्द्रको प्रस्ताव- सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १४:४६
फाइल तस्वीर

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाउने प्रस्ताव गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता समेत बनाएर जानुपर्ने बताए ।

‘एउटा न्यूनतम साझा कार्यक्रम, न्यूनतम साझा आचारसंहिता र सरकार सञ्चालनका लागि एउटा संयुक्त संयन्त्र निर्माण गरेर चाँडोभन्दा चाँडो अगाडि बढौं,’ उनले भने ।

अहिले मुलुकमा वाम-प्रजातान्त्रिक एकताको माहोल बनेको उल्लेख गर्दै पोखरेलले यसलाई अझ व्यवस्थित बनाएर जानुपर्नेमा जोड दिए । ‘यतिखेर वाम-प्रजातान्त्रिक एकताको माहोल बनेको छ । यसलाई अझ व्यवस्थित गरौं,’ उनले अगाडि भने, ‘२०७२ सालमा संविधान जारी भए लगत्तै अवलम्बन गर्नुपर्ने त्यो बाटो थियो । कतै कमीहरु भए । नयाँ परिस्थिति आएको छ, फेरि एक पटक व्यवस्थित गरेर लैजानुपर्ने आवश्यकता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?