Comments Add Comment

म्यूजिक भिडियोमा पूजाको व्यस्तता

नायिका पुजा शर्मा अभिनित ‘तिमी आउने जाने’को म्यूजिक भिडियो रिलिज भएको छ । गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको स्वर रहेको यो गीतमा पूजालाई आनन्द सिंहले अभिनयमा साथ दिएका छन् ।

टंक बुढाथोकी शब्द ,संगीत रहेको गीतको भिडियोमा पुजा शर्मा र आनन्द सिंहको केमिस्ट्री जमेको देखिन्छ । भिडियोमा पूजा र आनन्द रोमान्टिक देखिएका छन् । भिडियोलाई गायक तथा निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन । पर्यटकीय स्थल कालिञ्चोकको रमणीय स्थलमामा छायांकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन, बिकास दाहालको सम्पादन छ ।

नेपाली चलचित्रका कामहरु ठप्प हुँदा चलचित्रका कलाकारहरु भिडियोमा व्यस्त छन् । पूजाले पनि म्यूजिक भिडियोमा आफूलाई व्यस्त राखेकी छिन् । पूजाको जोडी भिडियोमा प्राय पल शाह र आकाश श्रेष्ठसँग दर्शकले हेर्दै आएका थिए । आनन्दसँग पनि पूजा खुलेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment