Comments Add Comment
महाकालीमा तुइन तार्नेको बयान :

‘हेर्दाहेर्दै मामा महाकालीको भेलमा खस्नुभयो’

१६ साउन, धनगढी । शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको बताउँछन् ।

पढ्नुहोस् उनको भनाइ जस्ताको तस्तै :

महाकाली नदीमा तुुइनमार्फत व्याँसबासीलाई ओहोरदोहोरा गराउन थालेको २१ वर्ष पुगिसक्यो । म प्रायजसो बिहान ७ बजे घरबाट निस्कन्छुु र साँझ अबेरमात्रै घर फर्किन्छु ।

शुुक्रबार बिहान करिब सवा ७ बजेको हुँदो हो । खाजा खाएर मालघाटमा तुुइन भएको ठाउँमा पुग्दा चार जनाको समूूह मलाई कुरिरहेको थियो । व्याँसकै गौरसिंह धामी, अमरसिंह धामी, मनिराम धामी र बहादुरसिंह धामी सदरमुुकाम खलंगा आउने प्रतीक्षामा थिए ।

मैले सुरुमा उनीरुलाई तारेँ । उनीहरु पछि जयसिंह धामी, बिक्रम रंगोली र अनिता धामी तुइनको प्रतीक्षामा थिए । जयसिंह नातामा मेरो मामा पर्छन् । म जयसिंह धामीलाई तुुइनबाट तारिरहेको थिएँ । सो क्रममा पारीपट्टीबाट दौडेर दुुई जना एसएसबी आउँदै गरेको देखेँ ।

मामा (जयसिंह) नदीको बीच भागमा पुपुुगेका मात्र के थिए, माथिबाट नदीको किनारमा पुुगेको एक जना एसएसबीले घाटमै आएर रुखमा बाँधेको तुुइनको डोरी निकाल्न थाल्यो । मैले मान्छे छ डोरी ननिकाल्नुुस् भनेर इसारा गरेँ, तर उनीहरुले बेवास्ता गरे ।

मामा( जयसिंह) पारीपट्टी पुुग्नै लागेका बेला एसएसबीले डोरी निकालेपछि लछारिएर उहाँ महाकालीको भेलमा खस्नुुभयो । डोरी निकालेपछि एसएसबी भागिहाल्यो । करिब ३० सेकेण्डसम्म मामाले नदीमा टाउको देखाउँदै हुनुुहुुन्थ्यो । हामीले इसाराले छेउतिर जानुुस् भन्दै थियौँ तर नदीको भेलले उहाँलाई एकछिनमै लिएर गयो ।

हामी निरीह भएर त्यो कारुणिक दृष्य हेर्न विवश भयौं । एसएसबीले हामीलाई गाली गर्ने, कुुटपिट गर्ने, धम्क्याउने काम वषौँदेखि गरिरहेकै थियो । २१ वर्षको अवधिमा पहिलो पटक एसएसबीले कल्पना नै नगरेको अमानवीय घटना हामीमाथि घटाएको छ ।

एक हप्ता अगाडि पनि एसएसबीले तुुइन निकालेको थियो तर शुुक्रबारको जस्तो अमानवीय व्यवहार देखाएको थिएन । मामाले रोजगारीको खोजीमा काठमाडौँ जादैछुु भाञ्जा भन्नुुभएको थियो तर एसएबसीका कारण भाइबहिनी टुुहुरा भए ।

हामीमाथि भारतीय ज्यादती कहिलेसम्म ? महाकाली नदीमा पुुल नबन्दा हामी व्याँसबासीले यसरी नै अकालमै मृत्युुवरण कहिलेसम्म गर्नुुपर्ने हो ? पुुल निर्माणका लागि वषौँदेखि दबाब दिदै आयौँ । शिलान्यास भएको तीन वर्ष बितिसक्यो अहिलेसम्म काम अधुरै छ । ठेकेदारले अलपत्र पारेका छन् ।

अब सरकारले चाडै पुुल निर्माण गरिदिनुुप¥यो । हिजोको घटनाका कारण आजदेखि मैले पनि नदीमा तुुइन लगाउन छोडिदिए । पुुल छिटो निर्माण गरिदिनुुप¥यो भन्ने हाम्रो माग छ ।

(जनक विष्टसँग गरेको टेलिफोन कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस महाकाली घटना : गृहमन्त्रीले बनाए छानविन समिति यो पनि पढ्नुहोस भारतीयको ज्यादती रोक्न माग गर्दै विद्यार्थी नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment