 
																			१६ साउन, बुटवल । चीनसंग नेपालको सम्बन्ध थप गतिशील र उचाइमा पुर्याउन लुम्बिनीका वुद्धिजीवि र नागरिक समाजका प्रतिनिधिले सरकारलाई सुझाव दिएका छन् ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनसंगको दौत्य सम्बन्धको ६६ औं वर्षगांठका अवसरमा गरेको अन्तर्क्रियामा सहभागीहरुले नेपालमा वैदेशिक लगानी र पर्यटनका लागि चीन ठूलो स्रोत मुलुक भएकाले चीनसंगको सम्बन्धलाई थप गतिशील र नयाँ उचाइमा पु¥याएर लाभ लिनुपर्ने बताएका हुन् ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति डा. हृदयरत्न बज्राचार्यले नेपालको आर्थिक, सामाजिक विकासका लागि चीन नेपालको सबैभन्दा असल छिमेकी र भएको उल्लेख गर्दै थप सहयोग र लाभ लिन सरकारलाई सुझाव दिए ।
चीनको शिक्षा, प्रविधि, अहंकाररहित व्यवहार र राम्रा कुरा अरुबाट सिकेर आफैं उत्पादन गर्ने बानी नेपालीले अनुशरण गर्नुपर्र्ने बज्राचार्यले बताए । बौद्ध विश्व विद्यालयका डिन उकेशराज भुजुले चीनले भूउपयोगको वैज्ञानिक नीति कार्यान्वयन गरेर कृषिमा समृद्धिको यात्रा शुरुवात गर्दै अहिले विश्वकै पहिलो शक्ति राष्ट्र बन्ने विन्दुमा आइपुगेको बताए ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले चिनिया जनताको मेहनत र अनुशासन नेपालीले अनुशरण गर्नुपर्ने बताए ।
नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले सरकारी तहमा मात्र नभई चिनिया जनतासंग जनस्तरमा सम्बन्ध विस्तार गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा चिनियालाई आकर्षित गरी लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डेढ दशकदेखि समाज क्रियाशील रहेको बताए ।
चिनिया राष्ट्रपति सी जिन पिङले अघि सारेको बीआरआई परियोजनामा नेपाल जोडिएर दुई देशबीचको सम्बन्ध थप मजबुत हुने र चीनको विकासबाट लाभ लिन सकिने उनले औंल्याए ।
युवा उद्यमी मनिषकुमार जोशीले जलविद्युत्, नवीनतम ऊर्जा, कृषि, जडीबुटी र परम्परागत औषधिमा नेपालमा अपार सम्भावना रहेकाले यी क्षेत्रमा चिनियाँ लगानी र प्रविधि भित्राउन सके नेपालको विकासमा गुणात्मक परिवर्तन आउने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4