+
+

छायाँकार भिम रानाको कोरोना संक्रमणबाट निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १३:२७

चलचित्र निर्माता एवं छायाँकार भिम रानाको निधन भएको छ । कोरोना संक्रमणसँग जुधिरहेका रानाको विरेन्द्र सैनिक अस्पताल छाउनीमा मंगलबार बिहान निधन भएको हो । उनी ५८ वर्षका थिए । रानाले नेपालमा सिनेमास्कोप प्रविधीमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण गरेका थिए । रानाले नेपालमा सिनेमास्कोप प्रविधीमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण गरेका थिए । उनले ‘माइली, लवकुश, बरमाल’ लगायतका थुप्रै नेपाली चलचित्रको छायांकन गरेका छन् ।

छायाँकार गौरीशंकर धुजुले आफूले रानासँग ‘बादल’, ‘सौभाग्य’ लगायतका चलचित्रमा संगै काम गरेको स्मरण गरे । उनले भने, -‘उहाँको नेपाली चलचित्र क्षेत्रमा ठूलो योगदान छ । स्टील क्यामेरादेखि करिअर सुरु गरेर ठूलो चलचित्र, एनएफडिसीको सिईओसम्म भएर काम गर्नुभएको छ ।’ रानाको निधनमा थुप्रै चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् ।

चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका रविन्द्र खड्काले रानासँग आफूले ‘माया प्रीति’ चलचित्रको ‘मान्छे पुग्यो जूनमा’ अभिनय गरेको स्मरण गरेका छन् । गायिका देविका बन्दनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘पत्याउनै गाह्रो भयो, नेपाली चलचित्र जगतका वरिष्ठ सिनेमाटोग्राफर तथा निर्माता भीम राना दाई कोरोनासंग लडदै आज बिहान ८.३० मा रहनु भएन । मलाई चलचित्र माईलीमा गीत गाउने मौका दिनुभएको थियो । हार्दिक श्रद्धाञ्जली दाई बैकुण्ठबास होस् ।’

काठमाडौं लाजिम्पाट निवासी रानाको श्रीमती, एक छोरा र एक छोरी छन् । अमेरिका रहेका छोरा फर्किएपछि बुधबार पशुपति आर्यघाटमा स्वर्गीय रानाको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?