+
+

लुम्बिनी प्रदेशका सांसद शाही र वलीलाई पदमुक्त गर्न सभामुखलाई एमालेको पत्र

'शाही र वलीलाई पदमुक्त नगरे प्रदेश सभा चल्न दिन्नौं'

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १३:३९

१ भदौ, बुटवल । नेकपा एमालेले सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त नगरे प्रदेश सभा बैठक चल्न नदिने बताएको छ ।

शाही र वलीलाई पदमुक्त गर्न पार्टीले बुझाएको पत्र प्रदेश सभा बैठकमा सभामुखले पढेर सुनाए बैठक चल्न दिने अन्यथा नदिने एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । ‘पार्टीले दुबैजनालाई कारवाही गरेको पत्र सभामुखले पढेर सुनाउनुभयो भने सदन चल्छ, नभए चल्दैन’–ढकालले भने ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एमालेको पत्रबारे विस्तृत अध्ययन र कानुनी परामर्श गरेर मात्र निर्णय लिइने र यसका लागि समय लाग्ने बताए ।

नेकपा विभाजनपछि गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी विमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् ।

वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप समेत लागेको थियो ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्वीप नलाग्ने दाबी गर्दै आएका छन् । लुम्बिनी प्रदेशको प्रदेश सभाको नवौं अधिवेशन आज दिउँसो १ बजे बस्ने कार्यसूची भएपनि बैठक शुरु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?