+
+

राजनीतिक दलसम्बन्धी अध्यादेश : माधव नेपाल समूहमै असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १५:२०

१ भदौ, काठमाडौं । राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहकै नेताहरुले असन्तुष्टि जनाएको छ ।

उनीहरुले वरिष्ठ नेता नेपालले दल विभाजन गर्न खोजे साथ दिन नसक्ने समेत बताएका छन् । सरकारले मंगलबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्नसक्ने अध्यादेश ल्याएको छ । यद्यपि राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी छ ।

नेपाल समूहलाई नयाँ दल बनाउन सहज होस् भनेर नै यो अध्यादेश ल्याइएको सत्तारुढ गठबन्धनका नेताहरुले बताएका छन् । तर नेपाल समूहकै नेताहरुले पनि राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाल समूहमा रहेका सचिव गोकर्ण विष्टले अध्यादेश ल्याउने सरकारको निर्णय खेदजनक भएको बताए । यसले दल विभाजनलाई प्रोत्साहन गर्ने भन्दै सचिव विष्टले भनेका छन्, ‘यसले नेपालको राजनीतिमा दुःखद् परिणाम निम्त्याउने छ । यस प्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौं ।’

नेपाल समूहमा रहेका सांसद यज्ञराज सुनुवारले पनि दलहरु पार्टी एकताकै पक्षमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?