+
+

गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १९:४३

१ भदौ, पोखरा । गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको ६ हजार नाघेको छ । मंगलबार थप ५४५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ६ हजार २१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरुमध्ये २ हजार ८१९ जना अस्पतालमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा छन् । निर्देशनालयका अनुसार पछिल्लो समय अस्पतालमा भर्ना भएकामध्ये अधिकांशको अवस्था गम्भीर छ ।

अस्पतालमा भर्ना भएकामध्ये मंगलबारसम्म प्रदेशभर ७१ जना आईसीयूमा, ११ जना भेन्टिलेटरमा र १७३ जना हाइफ्लोयुक्त आईसीयू्मा उपचाररत रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । जसमध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीका २ सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा तथा संक्रामक रोग अस्पतालका सबै बेड संक्रमितले भरिएको छ । यस्तै निजी अस्पतालसमेत अधिकांश अस्पताल भरिभराउ छन् ।

पछिल्लो २४ घन्टामा संक्रमितभन्दा निको हुने धेरै छन् । ५४५ जनामा संक्रमण पुष्टि हुँदा ६८८ जना निको भएको निर्देशनालयको आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिए ।

गण्डकीमा पछिल्लो २४ घन्टामा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, स्याङजा, तनहुँ र नवलपुरका छन् । योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको छ । गण्डकीमा पछिल्लो एक हप्तामा मात्रै ५७ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण फेरि बढेको भन्दै बागलुङमा बैंक तथा वित्तीय संस्थासमेत खुल्न नपाउने गरी भदौ ५ सम्म निषेधाज्ञामा कडाइ गरिएको छ भने कर्मचारीलाई संक्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेवा भदौ ४ गतेसम्मका लागि बन्द गरिएको छ । कर्मचारीमै कोरोना पुष्टि भएपछि पोखरा ५ वडा कार्यालयसमेत ४ गतेसम्मका लागि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?