+
+

आकाश भन्छन्–‘मेरो प्रेमको चर्चा मिडियामा मात्र हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १४:१७

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै नायक आकाश श्रेष्ठ हटकेक बने । आकाशको लुक्सलाई लिएर धेरै चर्चा भयो । अझ, नायिका पूजा शर्मासँग टिमअप भएपछि त आकाशको नाम उनीसँग नै जोडिन थाल्यो । आकाश र पूजाको सहकार्य केही बर्ष चल्दा उनीहरुलाई लिएर थुप्रै गसिप बने ।

आकाश र पुजाले कहिले पनि प्रेमलाई स्विकार गरेनन् । तर, मिडियामा उनीहरु लाइमलाइटको रुपमा रहेका थिए । तर, अहिले यी दुईको सम्बन्ध पहिले जस्तो छैन ।

नायक आकाश श्रेष्ठ भने आफूले आफ्नो प्रेमको बिषयमा केही पनि नभनेको भन्दै मिडियाले नै चर्चा बढी गरिदिएको बताउँछन् । उनले भने–‘म त आफ्नो दुनियाँमा काम गरिरहेको छु । धेरै व्यक्तिहरुको धेरै कुराहरु हुन्छ । मेरो प्रेमको बिषयमा गुनगुनाउने मानिसहरुले गुनगुनाइरहेका छन् । तर, म आफ्नै दुनियाँमा रमाइरहेको छु ।’

आकाशले पहिलो चरणको लकडाउनपछि ‘हिड्दा हिड्दै’ नामक चलचित्रमा अभिनय गरे । यसपछि भने उनी म्यूजिक भिडियोको काममा नै व्यस्त छन् । केही समय अगाडिसम्म एकसाथ धेरै म्यूजिक भिडियोमा काम गरेका पूजा र आकाश पछिल्लो केही महिनादेखि भने अलग–अलग रुपमा काम गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?