+
+

साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १५:४०
फाइल तस्वीर

२ भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल आयोजकसँग खेल्ने अखिल नेपाल फुटबल एन्फाले जनाएको छ ।

यस्तै नेपालले अक्टोबर ३ मा श्रीलंकासँग, अक्टोबर ८ मा भारतसँग र अक्टोबर ११ मा बंगलादेशसँग खेल्नेछ ।

सहभागी पाँच राष्ट्रबीच राउण्ड रोविनमा खेल हुनेछ र शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल अक्टोबर १३ मा हुनेछ । सबै खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा हुनेछ ।

नेपालले साफका लागि अहिले पोखरामा प्रशिक्षण गरिरहेको छ । साफ अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल अहिलेसम्म साफको फाइनल पुग्न सकेको छैन ।

साफको १३ औं संस्करणमा नेपाल, भारत, माल्दिभ्स,श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?