+
+

सप्तरीमा महन्थ ठाकुर पक्षले मैनबत्ती बालेर मनाए खुशीयाली

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १८:५५

२ भदौ, सप्तरी । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन परेसँगै महन्थ ठाकुर पक्षका सप्तरीका नेता/कार्यकर्ताहरुले मैनबत्ती बालेर खुशीयाली मनाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुर पक्षले बुधबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन परेसँगै सप्तरीका नेता/कार्यकर्ताहरुले खुशीयाली मनाएका हुन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जनता समाजवादी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकमा मैनबत्ती बालेर उनीहरुल खुशीयाली मनाएका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, युवा नेता बिनोद यादव, शम्भु यादवसहितका नेताहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?