
२ भदौ, काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंमा बुधबार साँझ निकालेकाे मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
काठमाडौंको आरआर क्याम्पस अगाडि निकालिएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ । झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो ।
बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।
त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।
हेर्नुहोस् थप तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4