+
+

बच्चालाई किन सुनाउने परि–कथा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १०:०१

आइन्स्टाइनले भनेका थिए ‘यदि तपाईं आफ्नो बच्चालाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने उनीहरुलाई परिकथा सुनाउनु पर्छ । यदि उनीहरुलाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने झनै धेरै परिकथाहरु सुनाउनु पर्छ ।’ यही नै आइन्स्टाइनको भनाइको निचोड हो ।

हजुरआमा र हजुरबुबाहरु आफ्नो नाति नातिनाहरुलाई कथाको माध्यमबाट दुनियाँको कुनाकुनामा पुर्याउने गर्छन् । जहाँ बच्चाहरु कल्पनाको दुनियाँमा हराउने गर्छन् । उनीहरुको सामु कहिले अनजान दुनियाँको ढोका खुला हुन्छ त कहिले दुनियाँको नयाँ रंगढंगबाट उनीहरुले ज्ञान आर्जन गर्छन् ।

यति मात्र होइन, कथाहरुले जानेर होस् या नजानेर पनि धेरै मान्छे बन्नको लागि प्रेरित गरिरहेको हुन्छ । जसले बच्चाको दिमागमा राम्रो सोचाइको विकास हुन्छ ।

बच्चालाई कथाहरु यसकारण सुनाउनुहोस्, किनकि उनको कल्पनाशीलता र उत्सुकता बढ्छ

जब बच्चा कहानी सुनिरहेका हुन्छन्, यद्यपि आफ्नो कल्पनामा गढेर उनीहरु दुनियाँको शयर गरिरहेका हुन्छन् । तपाईं जुन ठाउँ र व्यक्तिको बारेमा कुराकानी गरिरहेको हुनुहुन्छ, बच्चाहरु त्यो ठाउँको बारेमा स्वप्नील कल्पनामा हराउन थाल्छन् । यसरी कथा सुनाएर तपाईंको बच्चाको कल्पनाशील मस्तिष्कमा रचनात्मकताको वीजारोपण भइरहेको हुन्छ ।

धेरैलाई लाग्न सक्छ कि यो त टेलिभिजनमा सुन्ने कथामा पनि त पाउन सकिन्छ ? कथा सुनाइरहनु पर्ने बाध्यता किन भयो ? बच्चाहरु टिभी मा कथा सुन्दै गर्दा उनीहरुको आँखा टेलिभिजनको पर्दामा सक्रिय भएको हुन्छ । उनीहरु कल्पनाको दुनियाँमा हराउन सक्दैनन् । बच्चाको दिमागमा केवल ती दृश्यहरु खेल्छन् जो पर्दामा देखिन्छ । त्यहाँ बच्चाहरुमा कुनै रचनात्मकताको झल्को पाइँदैन । जबकि कथाहरु सुन्ने क्रममा, उनीहरु आफ्नै अनुसार त्यो कथाको दुनियाँ बनाउँछन् । तिनीहरूको भावना तपाईंको कथामा जोडिन्छ ।  जब तपाईं कथा सुनाइरहनु भएको हुन्छ, त्यतिबेला बच्चाले कथासँग सम्बन्धित प्रश्नहरु सोध्न थाल्छन्, जसले बच्चालाई जिज्ञासु बनाउँछ ।

संसारमा सफल हुने पहिलो सूत्र जिज्ञासु हुनु हो । यसबाहेक जब कथा सुन्छन्, तब उनीहरु नयाँ शब्द जान्दछन् । जसले उनीहरुलाई ज्ञानी बनाउँछ ।

बच्चालाई कथाहरु सुनाउनुहोस्, किनकि यसले दुनियाँको बारेमा उनीहरुले बुझ्न पाउँछन्

धेरै जसो बाल कथाहरुमा काल्पनिक संसारको चर्चा गरिन्छ । जुन बच्चाको लागि कुनै कुरामा ध्यान केन्द्रीत गराउनको लागि उपयोगी हुन्छ । बच्चाहरुको लागि सबैभन्दा धेरै प्रसिद्ध बालकथा भनेको पञ्चतन्त्र हो ।  जसमा नैतिक शिक्षालाई जंगल र जनावरको माध्यमबाट चिनाइन्छ । जसले बच्चाहरुमा कुनै कुराप्रति ध्यान दिन मद्धत गराउँछ ।

कथाहरु सुने पछि, बच्चाहरु न केवल भाषा र यसको प्रयोगको बारेमा जान्छन् । उनीहरुले साथीहरुबीचको सम्बन्ध, परम्परा र संस्कृतिको बारेमा पनि जान्ने मौका पाउँछन् । बच्चाहरु स्वचालित रूपबाट यी काल्पनिक कथाको माध्यमबाट जान्दछन् कि उनीहरु एक राम्रो विद्यार्थी, एक राम्रो साथी, एक राम्रो बच्चाको रुपमा पनि जान्न सकिन्छ ।

बच्चाहरुलाई कथाहरु सुनाउनुपर्छ, उनीहरुले कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न सकून्

ऊर्जाले भरिएका बच्चाहरु एक ठाउँमा बसिरहन सक्दैनन् । उनीहरु यता उता उफ्रिरहन्छन् । उनीहरु घरमा अन्य मानिसको ध्यान आर्जन गर्नको लागि सबै प्रकारका प्रयास गरिरहन्छन् । हामी भन्न सक्छौं कि उनीहरूको जिज्ञासाले भरिएको दिमाग सधैं केही न केही सोच्दै छ । जसका कारण उनीहरु एक ठाउँमा ध्यान केन्द्रित गर्न सक्षम हुँदैनन् । जब बच्चाहरु कथा सुन्छन्, उनीहरु हरेक चीज र घटनालाई एक एक गरी देख्न थाल्छन् । जब कुनै पनि चीजलाई ध्यान केन्द्रित गरेर हेर्छन्, उनीहरुमा एकाग्रता बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment