+
+

३१ दिनमा सकियो ‘आँधी तूफान २’ को छायाँकन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १५:१३

चलचित्र ‘आँधी तूफान २’ को छायाँकन सकिएको छ । बुधबारबाट चलचित्रको छायाँकन सकिएको लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण यस चलचित्रको छायाँकन दुई चरणमा पुरा गरिएको हो । ‘निषेधाज्ञा अगाडि ७ दिनमात्र छायाँकन गर्न पाएका थियौं । अहिले २४ दिन गरी ३१ दिनमा छायाँकन पुरा गरेका छौं’ मौनताले भने– ‘चलचित्रलाई राम्रो बनाउन हामीले कुनै कुरामा सम्झौता गरेका छैनौँ ।’

धुलिखेल र काठमाडौंमा चलचित्रको छायाँकन गरिएको हो । मौनताका अनुसार एक गीतको छायाँकन भने बाँकी छ । काठमाडौं बाहिर गीतको छायाँकन गरिने श्रेष्ठले बताए । मदन घिमिरेको निर्देशन रहेको ‘आँधी तूफान २’मा आरती आचार्य, सोनी बिसी, याङ्सु श्रेष्ठ शीर्ष भूमिकामा छन् ।

त्यस्तै, रवि गिरी, सुदीप आचार्य, कनिज कोइराला, अनामिका कार्की, संजय खतिवडा लगायतको चलचित्रमा अभिनय छ । एक पात्रको हत्यापछि अनुसन्धानमा परिचालित तीन यूवतीको कथामा यो चलचित्र निर्माण गरिएको छ । चलचित्रको निर्मातामा चक्र घर्तीमगर छन् । रामशरण उप्रेतीको छायाँकन रहेको चलचित्रमा सुरेश अधिकारीको संगीत, कमल राईको नृत्य रहनेछ ।

१६ वर्षअघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको ‘आँधी तूफान’लाई दर्शकले रुचाएका थिए । सोही चलचित्रको सिरिजको रुपमा निर्माण गरिएको ‘आँधी तुफान २’ लाई दर्शकले रुचाउनेमा निर्माणपक्ष विश्वस्त छ । माहोल सहज भएपछि चलचित्र प्रदर्शनमा ल्याईने निर्माणपक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?