
३ भदौ, काठमाडौं । सरकारले भदौ ७ गते गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ ।
बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुँदै आएको थियो ।
सरकारले भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । हाल शर्मा कायम मुकायम प्रधान सेनापति छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4