
३ भदौँ, धनगढी । कञ्चनपुरमा भरुवा बन्दुकसहित मृत अवस्थामा जंगली बँदेल भेटिएको छ ।
भीमदत्त नगरपालिका-९ को ब्रह्मदेवस्थित जैविकमार्गमा पर्ने सिद्धनाथ सामुदायिक वनमा गोली लागेको अवस्थामा भरुवा बन्दुकुसहित बदेल मृत भेटिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलीश्वरीले बोर्डर आउट पोष्ट ब्रह्मदेवबाट सशस्त्र प्रहरी निरीक्षक निरक बहादुर शाहीको कमाण्डमा खटिएको पैदल गस्ती टोलीले मृत अवस्थामा बदेल भेटिएको जनाएको छ ।
गस्ती गरिरहेका बेला एक्कासी फायरिङ्ग भएको आवाज आएपछि सोही स्थानतर्फ हेर्दा बदेल र बन्दुक भेटिएको हो ।
आवश्यक कानूनी कारवाहीका लागि भरुवा बन्दुक र मृत बदेल सब डिभिजन वन कार्यालय ब्रह्मदेवमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4