
४ भदौ, काठमाडौं । बाग्मती प्रदेशको भरतपुरमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले अति इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काटेका छन् । दूरसञ्चार उपकरणहरुमा समेत क्षति पुर्याएर दूरसञ्चार उपकरणहरुलाई नियन्त्रणमा लिई इन्टरनेट सेवा नै अवरुद्ध गराएको भन्दै इन्टरनेट सेवा प्रदायक संघले विरोध जनएको छ।
उक्त क्रियाकलापले गर्दा भरतपुरका दशौँ हजार आमउपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शीक्षा, बैंकिंग कारोवार गर्नबाट बन्चित हुन पुगेका र यसबाट उपभोक्ताको दैनिकी नराम्रोसंग प्रभावित भएको संघले जनाएको छ ।
‘यो कदमले कोभीड-१९ मा डिजिटल शीक्षा, स्वास्थ्य लगायतक संबेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पुर्याउने नियतवश गरिएको कार्यको उपज त होइन ?’ संघले भनेको छ ।
सबै निकायहरुलाई ध्यानाकर्षण गराउँदै यस्ता गैरकानुनी कार्यहरुलाई गम्भीर रुपमा लिई सो कार्यहरुलाई तत्कालै रोक्नका लागि आवश्यक काम कारबाही गर्न अनुरोध पनि गरेको छ ।
‘पोल भाडादरबारे उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयसँग छलफल भईरहेको अवस्थामा यो किसिमको निन्दनीय कार्य भएको , साथै इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकाले हामी उक्त्त घटनाको गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराउदछौं,’ संघले भनेको छ ।
दूरसञ्चार ऐन, २०५३ले गरेको व्यवस्थालाई अटेर/उल्लंघन गरी गरिएको उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन, २०५३ को परिच्छेद -१० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको संघले बताएको छ ।
नेपाल विद्युत प्राधिकारणलाई नेपाल दूरसंचार प्राधिकारणले जानकारी गराउदा गराउँदै पनि यस्ता गैरजेम्बेवारीपूर्ण क्रीयाकलाप गरेकोमा हामी इन्टरनेट सेवा प्रदायकहरु ज्यादै अच्चमित भएको संघले बताएको छ ।
प्रतिक्रिया 4