+
+

एक लाख जनाले पाएनन् कोरोना बिमा भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १४:५४

४ भदौ, काठमाडौं । कोरोना बिमा गराएकाहरुमध्ये करिब एक लाख जना बिमितहरुले अझै बिमा बापतको रकम भुक्तानी पाउन सकेका छैनन् ।

निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बिमक संघले बिमा समितिलाई पत्राचार नै गरेर भुक्तानी गर्न नसकिने बताएको छ ।

बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार कोरोना मापदण्डमा भए अनुसार सरकराले भुक्तानी दिनु पर्ने रकम नदिएको भन्दै संघले भुक्तानी रोक्ने लिखित पत्राचार नै गरेको हो । संघका अध्यक्ष दीप प्रकाश पाण्डे प्रमुख कार्यकारी अधिकृत रहेको शिखर इन्स्योरेन्सले समेत ठूलो परिमाणमा भुक्तानी दिन बाँकी रहेको छ ।

बिमा समितिका अनुसार १ लाख ३७ हजारले १३ अर्ब अर्बको दाबी पेश गरेका थिए । यसमध्ये ५० हजार हाराहारीले मात्रै भुक्तानी पाएको समितिले जनाएको छ । यसमा पनि बिमा कम्पनीहरुले एक रुपैयाँ पनि आफ्नो रकम लगानी गरेका छैनन् ।

भुक्तानी भएको ३ अर्ब मध्ये २ अर्ब सर्वसाधारणहरुबाटै उठाएको रकम भुक्तान गरिएको छ भने बाँकी १ अर्ब रकम बिमा समितिले दिएको भुक्तानी भएको हो ।

सरकारले बाँकी रकम दिने भने पनि अहिलेसम्म उपलब्ध नगराएको गुनासो बिमा कम्पनी सञ्चालकहरुको छ ।

बिमक संघका अध्यक्षको गैरजिम्मेवारीका कारण बिमितहरुको भुक्तानी रोकिएको गुनासो एक बिमा कम्पनीका सीईओले गरेका छन् ।

‘हाम्रै संघको अध्यक्ष ज्यूले पनि अर्थमन्त्रालयमा कुरा गर्नुपर्ने हो । उहाँले वास्तै गर्नु भएको छैन । बिमा समिति पनि सकारात्मक छैन,’ उनले भने, ‘यो गतिविधिले बिमा क्षेत्रकै बद्नाम हुन लागेको छ, यसको जिम्मेवार बिमक संघ र बिमा समिति हो ।’

एक लाख र ५० हजार रुपैयाँको कोरोना बिमा २० वटा निर्जीवन बिमा कम्पनीहरुले ‘पुल’ माध्यमबाट गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?