+
+
Shares

वुहानबाट विद्यार्थी उद्धार गर्दा ५५ लाख खाना र ६६ लाख औषधिमा खर्च

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १७:५७
२०७६ फागुन ४ गते चीनको वुहानबाट नेपाली विद्यार्थीहरुलाई लिएर आएको विमान

४ भदौ, काठमाडौं । कोरोना भाइरस महामारीको शुरुवातमा चीनबाट विद्यार्थी उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको पाइएको छ । वुहानबाट ३ फागुन २०७६ मा १८१ जना विद्यार्थीलाई नेपाल ल्याउँदा १३ करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च भएको भेटिएको हो ।

महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्दा मात्रै ७ करोड ५६ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ । विद्यार्थीसहित नेपाल वायु सेवा निगमका चालक दलका सदस्य लगायत थप ६ जना पनि क्वारेन्टिनमा बसेका थिए ।

‘क्वारेन्टिन निर्माण, त्यसका लागि आवश्यक सामग्री खरिद, इन्टरनेट, व्यक्तिगत प्रयोगका सामग्री (ब्रस, स्याम्पु, डायरी, बेड) लगायतमा शहरी विकास मन्त्रालयबाट यो रकम खर्च भएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाली सेनाले १७ दिनका लागि खाना वापत ५५ लाख र औषधि खरिद वापत ६६ लाख ७१ हजार समेत गरी १३ करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ ।’

हवाई उडान र स्थानीय यातायात वापत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख ७९ हजार रुपैयाँ खर्च भएको देखिएको छ । प्रतिवेदनले उद्धार कार्यमा बढी खर्च भएको औंल्याउँदै सुझाव दिएको छ, ‘दिगो रुपमा धान्न सकिने र अति आवश्यक पर्ने विषयवस्तुको विश्लेषण गरी खर्च गर्ने नीति अवलम्बन गर्नुपर्दछ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?