+
+

एक महिनामा ४८ लाखले लगाए कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ५ गते १३:०३

५ भदौ, काठमाडौं । काठमाडौं । पछिल्लो एक महिनामा करिब ४८ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

साउन १ देखि भदौ ३ गते बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । त्यसअघि करिब ३६ लाखले खोप लगाएका थिए । भदौ ३ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ ।

त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या कुल जनसंख्याको १३ प्रतिशत पुगेको पुगेको छ ।

सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत नागरिकलाई र चैतसम्म सबैलाई खोप लगाउने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?