+
+

पाठेघरको मुखको क्यान्सर हुनुअघि देखिन्छ यस्तो संकेत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १२:४०

छातीको क्यान्सरपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेको तथ्यांक छ । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५–४० बर्षको उमेरपछि हुन्छ । विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ ।

यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।

जबकि पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गंभिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार संभव र सहज हुन्छ । त्यसैले शरीरमा देखिने केही यस्ता संकेतपछि सर्तक हुनुपर्छ ।

लक्षणहरु

सामान्यत पाठेघरको मुखको क्यान्सर ३५ देखि ४० बर्षको उमेरपछि हुनेगर्छ । यद्यपि यसको संकेतबाट रोग पहिचान गर्न सकिन्छ । यदि शारीरिक सम्बन्ध र रजनोवृत्तिपछि पनि धेरै रक्तश्राव भयो, प्रजनन अंगमा दुखाई महसुष भयो भने यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ ।

अक्सर महिलाले सेतो पानी बग्नु अर्थात वाइट डिस्चार्ज जस्ता समस्यालाई आम समस्या मानेर नजरअन्दाज गर्छन्, जो पछि गएर निकै खतरनाक सावित हुनसक्छ । यस्तो समस्यालाई नजरअन्दाज गर्नुहुँदैन किनभने यो पाठेघरको मुखको क्यान्सरको लक्षण पनि हुनसक्छ ।

मासिक धर्ममा सामान्यत महिलाको कोखमा दुखाई अनुभव हुँदैन । तर, अचानक हल्का वा तिब्र दुखाई महसुष हुन थालेमा त्यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ ।

यद्यपि यी लक्षणहरु अन्य अवस्थामा पनि देखिन सक्छ, क्यन्सर नै हो भन्ने हुन्न । त्यसैले यसमध्ये कुनै समस्या भएमा चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।

किन हुन्छ ?

पाठेघरमा हुने क्यान्सर विशेषगरी ट्युमरका कारण हुन्छ । पाठेघरमा कोषिकाहरुको उत्पादन आवश्यक्ता भन्दा बढी भएमा ट्युमर बन्ने गर्छ । त्यस्ता ट्युमर सबै क्यान्सर नै हुन्छ भन्ने छैन ।

यस्ता ट्युमर, व्यक्ति तथा उमेर अनुसार पनि फरक हुन्छ । त्यस्तै, किशोरावस्थामा हुने ट्युमर, चालीस वर्ष कटेपछि हुने ट्युमर तथा महिनावारी सुक्ने अवस्थामा हुने ट्युमर पनि व्यक्ति अनुसार फरक हुने गर्दछ । त्यस्तै, यस्ता ट्यूमर पाटेघरमा मात्र नभई डिम्बासय तथा नलीको छेउमा पनि हुन सक्छ ।

महिलाहरुको पाठेघरमा हुने ट्युमर पनि फरक हुने गर्दछ ।  चालीस वर्ष कटिसकेका महिलाहरुको पाठेघरमा देखिने ट्युमर दुई किसिमको हुन्छ , फाइब्रोइड र एडिनोमायोसिस ।

महिलाहरुको पाठेघरमा हुने अर्को ट्युमर भनेको डिम्बासयको ट्युमर हो । यस्ता ट्युमर व्यक्ति अनुसार फरक हुने गर्दछ । किशोरीहरुमा डिम्बासयमा मात्र नभई नलीको छेउमा  समेत पेराफ्रिम्बल नामक ट्युमर आउन सक्दछ ।

किन हुन्छ ?

अहिलेसम्म यसको ठोस जवाफ छैन । यद्यपी, वंशाणुगत कारण तथा महिलाहरुको शरीरमा इस्ट्रोजन हर्मोनको उत्पादन आवश्यक्ता भन्दा बढी भएमा पनि पाठेघरमा ट्युमर पलाउन सक्छ ।

त्यस्तै, धुमपान तथा मदिरापानले पनि शरीरमा विभिन्न किसिमको क्यान्सर गराउन सक्ने हुदाँ यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध पाठेघरको मुखको क्यान्सरसँग पनि हुने गर्छ ।

कसरी उपचार गरिन्छ ?

सामान्यतया, एडिनोमायोसिस नामक ट्युमर औषधिबाट  निको पार्न सकिन्छ । त्यस्तै, पाठेघरमा मेरिना राखेर पनि यस्ता ट्युमरको उपचार गर्न सकिन्छ । फाइब्रोसिस ट्युमर भएमा शल्यक्रिया गर्नु पर्दछ ।

कुनै पनि महिलाको पाठेघरमा जटिल किसिमको ट्युमर देखिएमा त्यसको उपचार गर्नु भनेको उक्त ट्युमर निकाल्नु नै हो । पाठेघरको ट्युमर देखिएमो पेट चिरेर शल्यक्रिया गर्ने गरिन्छ ।

त्यसबाहेक, पेटमा स–साना प्वाल पारेर गरिने ल्याप्रोस्कोपी सर्जरी अर्को प्रविधि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?