+
+

मेलम्चीको केउरानीका ३४ घर पहिरोको जोखिममा

रासस रासस
२०७८ भदौ ६ गते १४:०६
फाइल तस्वीर : केही समयअघि आएको बाढीले प्रभावित बनेको मेलम्ची बजार

६ भदौ, सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका-८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् ।

स्थानीयवासी कान्छामान दोङका अनुसार गत सालदेखि नै पहिरो जान थालेका ठाउँमा यसपालि पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए ।

पटक–पटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे । वडा नम्बर ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ ।

वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराई प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए । उनले भूगर्भविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?