
नायिका करिश्मा मानन्धरले आफ्नो सुन्दरताकै कारण यो क्षेत्रमा लामो समयसम्म नचलेको दाबी गरेकी छिन् । काठमाडौंको काठमाडौं मलमा संचालनमा आएको ‘अमिरा ब्यूटी केयर’को उद्घाटन गर्न पुगेकी करिश्माले सुन्दरताको कारणले मात्र यो क्षेत्रमा लामो यात्रा तय गर्न नसकिने जिकिर गरिन् ।
करिश्माले भनिन्–‘मैले चलचित्र क्षेत्रमा निकै लामो यात्रा तय गरेकी छु । यो सौभाग्य कमैले मात्र पाउँछन् । म त्यो भाग्यमानी कलाकार पनि हुँ । अनी, मैले कसरी सुन्दरताकै कारण यति लामो यात्रा गरेँ भन्न मिल्छ र ? मेरो सुन्दरताले अभिनय यात्रालाई छायामा पारेको छैन ।’
करिश्माले आफ्नो अभिनय भने औषत रहेको स्विकार गरेकी छिन् । उनले भनिन्–‘मेरो अभिनय क्षमता औषत नै हो । बसन्ती, शुभकामना लगायतका चलचित्रमा मलाई मेरो काम मन परेको थियो । यो चलचित्रमा मेरो अभिनय गर्दा अवार्ड पाउनुपथ्र्यो भन्ने लाग्छ । यो क्षेत्रमा राम्रो काम गर्दा तारिफ नमिल्न पनि सक्छ । सबै तालमेल नलिमेर पनि यस्तो भएको हुनुपर्छ ।’
चलचित्र क्षेत्र सुन्दरताको व्यापार रहेको करिश्मा बताउँछिन् । तर, कलाकारले अभिनयलाई पनि बलियो बनउँदै लैजानुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4