+
+

के पुष्प स्क्यान्डलमा रमाउन थालेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १८:११

नायक पुष्प खड्काको पछिल्ला केही समयदेखि विभिन्न स्क्यान्डलहरु सार्वजनिक भैरहेका छन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा खासै चर्चामा नहरेपनि पुष्प विगत केही समयदेखि भने मिडिया र दर्शकको घेरामा छन् । हाल म्यूजिक भिडियोका सर्वाधिक व्यस्त मोडल पुष्पले अभिनय गरेका ३ वटा चलचित्र रिलिजको पर्खाइमा छन् । उनी, नयाँ चलचित्रमा पनि अनुवन्धित हुने तयारीमा छन् ।

उनै, पुष्पलाई लिएर विभिन्न खालका स्क्यान्डल सार्वजनिक भैरहेका छन् । पुष्पले गाडी किनेपछि यो खबरले खुबै चर्चा पायो । चलचित्र क्षेत्रका केही चलचित्रकर्मीले पुष्पले गाडी किनेको कुरामा आलोचना गरे ।

उनै, पुष्प नायक पल शाहसँग ‘कमेडी च्याम्पियन २’मा पुग्दा चर्चा भयो । पुष्पलाई यो शोका २ प्रतिस्पर्धीले ‘को हो’ भनेर कमेडी गरेपछि उनको प्रतिक्रियाले खुबै चर्चा पाएको थियो । सामाजिक संजाल टिकटकमा पुष्पको प्रतिक्रियालाई लिएर हंगामा नै भयो ।

उनै, पुष्पले अभिनय गरेको ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतले पनि विवाद सिर्जना गर्यो । यो गीतको शब्दलाई लिएर आलोचना मात्र भएन, पुष्पले किन काम गरे भन्ने टिप्पणी पनि भयो ।

तर, नायक पुष्प खड्का भने आफूले चर्चामा आउनैका लागि स्क्यान्डल नमच्चाएको बताउँछन् । उनी भन्छन्–‘कमेडी च्याम्पियनमा आफ्नो प्रतिक्रिया र हेर्ने हो र देखाइदिम’ बोलको गीत टिकटकमा टुक्रा मात्र काटेर हालिदिदा विवाद भएको हो । मलाई त काम गरेर दर्शकको मन जित्नु छ । मलाई विवाद सिर्जना गर्न आउँदैन ।’

पुष्प यसमा टिकटकमा सानो टुक्रा राखेर चर्चा गर्नेहरुलाई नै दोषी देख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?