+
+

उद्धार उडानको क्रममा अफगान महिलाले जन्माइन् बच्चा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते ७:०५

७ भदौ, काठमाडौं । अफगानिस्तानकी एक महिलाले अमेरिकी एयरफोर्सको उद्धार उडानको क्रममा बच्चा जन्माएकी छन् । उनले अमेरिका उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी हुन् ।

बीबीसीका अनुसार आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला ती महिलामा प्रसव पीडा सुरु भएको थियो । उनको अवस्था जटिल हुँदै गएपछि विमानका पाइलटले कम उचाइको उडान गरे ताकि विमानमा हावाको चाप बढोस् र ती महिलाको ज्यान बचाउन सहयोग होस् ।

युएस एयरफोर्सको सो विमान जर्मनीको रामस्टीन एयर बेसमा अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आएर बच्चा जन्माउन सहयोग गरेको थियो ।

आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको र उनीहरू नजिकैको अस्पतालमा रहेको बीबीसीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?