+
+

श्रेया र प्रकृतिको पौरख : घरमै मगाउन सकिन्छ उच्च गुणस्तरको अमेरिकी डाइमण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १४:४८

लामो समयसम्म आफैँले सञ्चालन गरेको कन्सल्टेन्सीमा काम गरेको अनुभव भएका श्रेया बिसी र प्रकृति थापा आफ्नै पौरखमा केही नयाँ काम गर्न चाहिरहेका थिए । झट्ट आफ्नो क्षेत्रबाट बाहिरिएर नयाँ क्षेत्रमा प्रवेश गर्नको लागि उनीहरुमा जोखिम पक्कै पनि थियो । तर नयाँ खालको व्यवसायमा आफ्नो पौरख जमाउने भूत पनि त्यसैगरी चढिरहेको थियो । केही गरौं भन्ने जोश भइका ती दिदीबहिनीले चुनौतीको त्रासमा आफ्नो योजना मारेनन् । ३ वर्षअघि आफ्नै घरमा आफूसँग भएको पैसाले सुरु गरे अमेरिकन डायमण्डको व्यापार । कम्पनीको नाम राखे ‘करिज्मा फेसन ।’

जतिबेला उनीहरुले अनलाइनबाट आभूषणको व्यापार गर्ने योजना बनाएर व्यापार सुरु गरेका थिए । त्यतिबेलासम्म नेपाली डिजिटल बजारले गति लिइसकेको थिएन । ‘सुरुमा त विश्वास दिलाउनै कठिन हुँदो रहेछ ।’ प्रकृति भन्छिन् ‘तर धैर्यले धेरै उपलब्धि हासिल हुँदो रहेछ ।’

बालुवाटारमा आफ्नै घर थियो । भाडाको चिन्ता नभएपछि उनीहरुले गुणस्तर र ग्राहकमैत्री सेवामा जोड दिन थाले । त्यसको लागि उनीहरुले प्राथमिकता दिएको तीन विषय हो, सामानमा गुणस्तरीयता, ग्राहकको विश्वासप्रति गम्भीर र सबैले तिर्न सक्ने उचित मूल्य ।

उनीहरुले गहनाको स्वरुम घरमा नै राखे । कोही ग्राहकलाई अनलाइनबाट मात्रै विश्वास लागेन भने घरमा आएर हेरेरै किन्न पनि सकिने सुविधा थियो । अनलाइनबाट अर्डर गर्नेहरुको लागि फेसबुक, टेलिफोन, भाइबर, ह्वाट्सएप र इन्स्टाग्राम र इमेलबाट सुविधा दिन थाले । विस्तारै धेरैको रोजाइमा पर्दै गयो करिज्मा फेसन ।

५ ए ग्रेडको अमेरिकन डायमण्ड उच्च गुणस्तरको आभूषण हो । यो हिरा नै त होइन । तर हिरा जस्तै टल्किने पदार्थ भएकोले सस्तो मूल्यमा यसलाई खरिद गर्न सकिन्छ । जुन जन्मदिन, इन्गेजमेन्ट, विवाह, कुनै अन्य समारोह आदिमा प्रयोग गर्न सकिन्छ । अहिले करिज्मा फेसनले नेकलेस सेट, चुरा, टप ब्रेसलेट, क्राउन, साडी पिनहरु जस्ता १० प्रकारको गहनाको बिक्री गर्ने गरिएको छ । यस्ता सामानहरु भारतमा बन्ने गर्छन् ।

अहिले प्रकृति र श्रेया घरमा बसिबसी अनलाइनको माध्यमबाट आफ्नो व्यवसाय चलाउँछन् । कमाइ पनि राम्रै छ । तर व्यवसायलाई अहिलेको अवस्थामा ल्याइपु¥याउन भोगेको संघर्ष भने सामान्य नभएको  उनी सुनाउँछिन् । भर्खर भर्खर व्यवसाय गर्ने बेलाको पीडा सम्झिँदै प्रकृति भन्छिन् ‘कहिलेकाहीँ त अनलाइनबाट सामान अर्डर गरेर सामान पु¥याउँदा मान्छेले फोन स्वीच अफ गरेर पनि दुख दिए । मान्छेमा विश्वास दिलाउनै मुस्किल थियो तर अहिले त्यो समस्या धेरै कम भएको छ ।’

झण्डै ३ वर्षको समयावधिसम्म आइपुग्दा दुई दिदीबहिनीले नेपालका नामचलेका सेलिब्रेटीसम्मको मन जिते । अहिले श्वेता खड्का, रिचा शर्मा, केकी अधिकारी जस्ता नायिकाहरुले पनि करिज्मा फेसनबाट हिरा जस्तै आभूषण सामग्रीहरु लैजाने गरेको बिसी बताउँछिन् । ‘अहिले विश्वास गर्नेहरु धेरै भइसके । नाम चलेका नायिकाहरुको रोजाइमा पर्ने मात्रै होइन, हामीले बेचेको सामानमा अहिलेसम्म कुनै पनि गुनासो नआउनु पनि हाम्रो ठूलो उपलब्धि हो जस्तो लाग्छ’ उनी भन्छिन् ।

१० प्रकारका फरक भेराइटी एवं ४०० रुपैयाँदेखि १६००० सम्मका आभूषणका सामग्री बिक्री गर्ने यो कम्पनीले कोरोना महामारीको समयमा नेपालभरि नै निःशुल्क पु¥याइदिने व्यवस्था समेत गरेको छ । काठमाडौंमा उही दिन र बाहिर ठाउँ हेरेर बढीमा ५ दिनसम्ममा सामान पु¥याउने गरिएको उनीहरु बताउँछन् । प्रकृति भन्छिन् ‘हामी उच्च क्वालिटीलाई मात्रै होइन, मान्छेले खर्च गर्न सक्ने उचित मूल्यमा पनि ध्यान दिन्छौं । हामीले बिक्री गर्ने गहनाहरु नेपालमा बिक्री हुने अमेरिकन डायमण्डमध्येको सबैभन्दा उच्च गुणस्तरको हो भन्ने हाम्रो दाबी छ ।’

उनी भन्छिन् ‘हामीले बेच्ने आभूषणहरु डेलिभरी भइसकेपछि पनि चित्त बुझेन भने तत्कालै फिर्ता गर्ने सुविधा छ । यी आभूषणहरु पसिना र घामले असर नगर्ने खालका छन् । यसमा ५ वर्षसम्मको रंग गएमा वारेन्टी सुविधा पाइन्छ । यो फोटोमा भन्दा रियलमा राम्रो देखिन्छ ।’

अहिले उनीहरुले बिक्री गर्ने ५ ए ग्रेडको क्वालिटी युक्त आभूषणमध्ये हाते औंठी न्यूनतम ४०० रुपैयाँदेखि एवं कानमा लगाउने रिङहरु न्यूनतम ६०० रुपैयाँदेखि मूल्य सुरु हुने गर्छ । सबैभन्दा महँगो भनेको सेट नेकलेस न्यूनतम २५०० देखि अधिकतम १६००० रुपैयाँसम्म पर्ने गरेको थापा बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?